गजल
-स्वर्गीय सुमन
...........................................................
थुप्रै प्रश्नहरू छोडी गयो यो जिन्दगानीले पनि!
बिहानलाई साँझ देख्छ आँखाको नानीले पनि!!
तिमीलाई बिर्सन दिनमै भट्टी के छिरेको थिए!
झन मुटु दुखाई दियो हिजोको काहानीले पनि!!
फुल जस्तै जिन्दगी बिर्सिएर नशामा रमाउँदा!
किन सम्झायो मलाई एउटा आज्ञानीले पनि!!
यसरी कसैको सम्झनामा किन रोएको पल-पल!
प्रश्न सोधिरहन्छ आँशुले भिजेको सिरानीले पनि!!
हरेक रातको अन्त्य पछि प्रभात उदाउँनु पर्ने हो!
सायद छ्ल गरि दियो उज्यालो बिहानीले पनि!!