Wednesday, 2 December 2020

१२औ राष्ट्रिय जनगणना २०७८ मा जाती राई,धर्म किरात नै किन-?-भोगिन्द्र चाम्लिङ राई।


-१२औ राष्ट्रिय जनगणना २०७८-

१) जनगणना के हो?
२) जनगणनाको के महत्व छ?
३) यसलाई प्रभावकारी बनाउन के कस्ता पहल गर्नु पर्दछ ?
४) यदि जनगणना प्रभावकारी बनाउन सकिएन भने समुदायलाई कस्तो असर पर्छ?

जनगणना भनेको कुनै पनि समुदायको जनसंख्या कति छन् भन्ने लिखित प्रमाण हो अर्थात त्यो समुदायको कति सम्म आपसी सद्भावपुर्ण सामुदायिक चेतनात्मक एकता छ त भन्ने कुराको ठोस प्रमाण हो । राज्यले कुनै पनि समुदायको हक, हित र अधिकार सुनिश्चित गर्नको लागि त्यो समुदायको जनसंख्याको आधारमा निर्धारण गर्दछ । जुन समुदायको धेरै जनसंख्या छ त्यही समुदायले राज्यबाट बढी हक, अधिकार पाउदछ अर्थात जुन समुदायको ठूलो पहुच छ उसैको आवाज राज्यस्तरमा बढी पुग्ने गर्दछ । त्यसैले जनगणना जस्तो महत्वोपुर्ण बिषयलाई प्रभावकारी बनाउनको लागि हामी रहेक ब्यक्तिले आफ्नो घर, टोल, छिमेक, नगर, जिल्ला, प्रदेश हुँदै देशका हरेक कुना कुनामा सचेत, जागरुक र जिम्मेवार युवा सक्रिय रुपमा सबैलाई सचेत गराउन आफै लागि पर्नु पर्दछ । सबैले सहज रुपमा बुझ्न र बुझाउनको लागि यो महत्वपूर्ण जानकारीलाई प्रत्यक ब्यक्तिहरुको इनबक्समा पठाउनुहोला र म्यासेज तथा कल गरेर समेत आफ्नो गाउँ समुदायलाई सचेत र जानकार बनाउनु होला । यति जानकारी पाएर पनि यो भएन, त्यो भएन, यस्तो गर, उस्तो गर भन्दै अरुलाई मात्र दोष दिने र आफुले जिम्मेवारी लिएर सकृय रुपमा नलाग्ने हो भने हामी अल्पसंख्यक समुदायमा पर्ने छौ र राज्य स्तर बाट पाउने आफ्नो हक, अधिकार गुम्ने छ र हामी एक दिन सरनार्थी बन्ने छौ र देशबाट नै लखेटिन पनि सक्छौ ! त्यसैले यो खतराबाट जोगिदै आफू, आफ्नो सन्तान, आफ्नो गाउँ, आफ्नो आफन्त, इष्टमित्र र आफ्नो समुदायको हक, हित र अधिकारको सुनिश्चित गर्नको लागि आजै बाट १२ औं राष्ट्रिय जनगणनालाई प्रभावकारी बनाउनको लागि प्रत्यक युवाहरु सशक्त रुपमा लागि परौ र १२ राष्ट्रिय जनगणनालाई सत्य तथ्य विवरण भर्दै, भराउदै प्रभावकारी रुपमा सफल पारौ ।

१२ औं जनगणनामा हामीले अनिबार्य रुपमा लेख्नै पर्ने कुराहरू तल उल्लेख गरिएको छ ।

#जाति:- #राई लेखौ
#धर्म:- #किरात लेखौ
#मातृभाषा:- किरात राई भाषाहरु मध्य आफुले बोलिने भाषा लेखौ जस्तै चाम्लिङ, बान्तावा, थुलुङ, कुलुङ ....जुन राई हो त्यही भाषा लेखौ ।
#दोश्रो भाषा:- ३२ भाषा मध्य कुनै एउटा भाषा जस्तैः चाम्लिङ, बान्तावा, थुलुङ, कुलुङ ......लगायत ३२ भाषा मध्य कुनै एउटा भाषा लेखौ

जस्तैः मेरो विवरण यस प्रकार छ -
जाती:- राई
धर्म:- किराँत
भातृभाषा:- चाम्लिङ (किन कि म चाम्लिङ राई हो)
दोश्रो भाषा:- बान्तावा (यदि तपाईको भाषा भन्दा अलग भाषा बोल्ने तपाईको माउली हो भने त्यो भाषा लेख्न सक्नु हुने छ)

-भोगिन्द्र चाम्लिङ राई
दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका-७
खोटाङ

reporting by- Sworgiya Suman

No comments:

Post a Comment