गजल
-भुवन चाम्लिङ राई
.................................................................
गाउँ घरको झ झल्को जोडिन्छ यहाँ!
कति पाईला हिड्दा हिड्दै छोडिन्छ यहाँ!!
धेरै यात्रा गर्दै आई पुगेको छु लड्दै!
प्रदेशी जिन्दगी भाविले कोरिन्छ यहाँ!!
मिठो माया बोकि आँखामा आँसु पोखि!
जाने प्रदेशी को यात्रा मोडिन्छ यहाँ!!
साथी भाईको सम्झना बाबा आमाको माया!
मुटुको ढुक ढुकि भैई सधै धड्किन्छ यहाँ!!
गाउँ घरको झ झल्को जोडिन्छ यहाँ!
कति पाईला हिड्दा हिड्दै छोडिन्छ यहाँ!!
..................दिप्रुङ् गा.पा-2 खोटाङ
हाल:दक्षिण कोरिया
No comments:
Post a Comment