-सरिता खालिङ्ग राई
............................................................
एैनाहरुको हुन सम्म मानहानी भएको छ!
अचेल उ मेरो आँखा को नानी भएको छ!!
जून दिन देखि हाम्रो मन साटिए थ्यो!
जति सम्झाउँछु उति आज्ञानी भएको छ!!
आगो बाट जोगिन सिकाउने उहि नै हो!
जो जलेर स्वयम खरानी भएको छ!!
आफैलाई बेचेर खै के पायौ मैले सोधे!
लजाउँदै उस्ले भन्यो आम्दानी भएको छ!!
-सुनसरी प्रकासपुर
-हाल:काठमाडौं(कोटेश्वर)
यदि तपाईहरु संग पनि साहित्य सृजना छ भने- rais75502@gmail.comमा पठाउँनु होला- www.temkeonlinetv.blogspot.com
मा राखी दिने छु।अनि रचना को साथमा एउटा photo पनि पठाउनु होला..साथै you tubeमा गएर
Temke online tv मा अझ धेरै सिर्जनाहरु हेर्नू सक्नु हुन्छ र subscribe गरेर हामी संग जोडिनु सक्न्नु हुन्छ!
No comments:
Post a Comment