म मोटाउ बहादुर हिस्सा उसको पेट ठुलो हुनुमा छ
......................................................................
मेरो नाम मोटाउ बहादुर हो।
म प्रत्येक निर्वाचनमा मतदान गर्छु।।
म धेरै कुरा बुझ्दिन तर म छिटो बुझ्छु।
उसको बिकाश र समृद्धि को भाषण हैन।
उस्ले खुकाएको चोक्टा र झोल म बुझ्छु।।
मलाई बिकाश र परिबर्तन चाहिन्दैन।
चोक्टा र झोलमा नुन मसला लागे पुग्छ।।
अधिकार बराबर हैन।
मलाई खुवाएको भोज बराबर भए पुग्छ।।
त्यसैले त कसै कसैले भन्छ्न।
मुर्दार झोल चोक्टा बहादुर ।।
उसले मलाई बलियो देख्दारहेछ्न।
अनि म उसलाई भगवान।।
त्यसैले मेरो गोजिमा भिटामिन हल्दिन्छन।
न दुब्लायोस भनेर ।।
अनि म उसको पाउमा लमपसार परेर जैजैकार गर्छु।।
बफादार लडाकु भएर खट्छु।
मनमनै भन्छु मेरो पाखुरा छदैछ।।
माथी उ छ भनेर आकाश हेर्छु।
हे भगवान म कस्तो अचम्मको बोल्छु।।
त्यसकारण म अचम्म बहादुर पनि हो।।
बाले दिएको अर्ति भन्दा उसले दिएको अर्ति मान्छु।
कहिले काहि आफैलाई अचम्म लाग्छ।
र त आफैलाई प्रश्न सोध्छु।
नागरिकता कसले दियो?
किन म उसको पछि परिरहेको छु?
यस्तै यावत प्रश्नहरु दौड्छन मेरो मस्तिष्कमा।
अनि म आफै मनमनै उत्तर दिन्छु।।
नागरिकता बाउको बंसजले हैन उसको सनाखतले दियो।
म उसको राम्रो काम देखेर हैन।।
दुचार गोटि भिटामिन र चोक्टा र झोलको लोभले पछि परिरहेको छु।।
म सोझो जनताको हितको लागि हैन।।
उसको भुँडी र सन्तानहरुको लागि लडिरहेको छु।।
यति थाहा पाउदा पाउदै पनि म पगल झै पछि परिरहेको छु।
त्यति भएर म समाजलाई सोध्छु।
म पागल बहादुर हो।।
सबै कुराको बिस्लेष्ण गर्न थाले र सम्झे।
र म कहिले मोटाउ बहादुर भएछु।।
कहिले अचम्म बहादुर भएछु।
त कहिले समय अनुसार पागल बहादुर भएछु।।
अब म को बहादुर हु?
आफैलाई चिन्न जरुरी छ।
बा को पुरानो बाकास खोलेर कालो कागज पत्रहरु हेरे।।
तर म त्यहा आफैलाई पाईन।
अझै माथिकै बहादुर हुकि।।
आफैलाई प्रश्न गरे।।।।
सुन्दैछु म उ मोटाएर ठुलो भुँडी बनाएको छन रे।
झोल चोक्टा खुवाउन खोस्टा कमाएको छन रे।।
म भन्दैछु केही गरेन।
भस्टचार मात्र गर्यो।
आफैलाई मात्र हेर्यो उ सुध्रिएन।
तर के मैले झोल चोक्टा नखाई मतदान गरेर त उसलाई।
भिटामिन न पाई पछ्याए त उसलाई।।
पक्कै मैले यस्तो गरिन।
र त उ चलाख भएको छ।।
अर्को चुनावको लागि कुम्लाएको छ।
मलाई बास्तविकतामा न चाए उ नाटककार भएको छ।।
स्कुल पढ्दा हिसाबमा कमजोर मान्छे ।
उ कोण कोण बाट मोटाएको छ।।
गज्बको पेट बनाएको छ।।।।
आजा उसको पेट देखेर सिक्षित भएको छु।
र त म हिम्मतको साथ यति भन्ने सक्ने भएको छु।।
सिदान्त मात्र हैन उसले सबै खाए।
उसले खुवाएको झोल चोक्टा खाई उसले खाने ठाउँमा पुर्याए।।
म खोक्रो मोटाए तर उ भरिलो गरि मोटायो।
त्यसकारण म भन्दै छु ।।
म मोटाउ बहादुर हिस्सा उसको पेट ठूलो हुनुमा छ।।
.................कवि परिचय....................................
नाम:निक्सन राई
ठेगाना:खोटेहाङ् गा.पा-9-लिच्किराम्चे माबे(खोटाङ)
हाल:काठमाडौ
पेशा:शिक्षण(बुढानिलकण्ठ मा.बि-नारायणस्थान काठमाडौ
शिक्षा:MED(English)
रुची:साहित्य लेखन साथै अध्ययन
.....................................................................
यदि तपाईहरु संग पनि साहित्य सिर्जना छ भने-
rais75502@gmail.com-मा send
गर्नु होला एउटा फोटो सहित हामी क्रमश-www.temkeonlinetv.bogspot.com-मा राखी दिनेछौौ.....जय साहित्य....
Wow! I like it.
ReplyDelete