Wednesday, 2 December 2020

१२औ राष्ट्रिय जनगणना २०७८ मा जाती राई,धर्म किरात नै किन-?-भोगिन्द्र चाम्लिङ राई।


-१२औ राष्ट्रिय जनगणना २०७८-

१) जनगणना के हो?
२) जनगणनाको के महत्व छ?
३) यसलाई प्रभावकारी बनाउन के कस्ता पहल गर्नु पर्दछ ?
४) यदि जनगणना प्रभावकारी बनाउन सकिएन भने समुदायलाई कस्तो असर पर्छ?

जनगणना भनेको कुनै पनि समुदायको जनसंख्या कति छन् भन्ने लिखित प्रमाण हो अर्थात त्यो समुदायको कति सम्म आपसी सद्भावपुर्ण सामुदायिक चेतनात्मक एकता छ त भन्ने कुराको ठोस प्रमाण हो । राज्यले कुनै पनि समुदायको हक, हित र अधिकार सुनिश्चित गर्नको लागि त्यो समुदायको जनसंख्याको आधारमा निर्धारण गर्दछ । जुन समुदायको धेरै जनसंख्या छ त्यही समुदायले राज्यबाट बढी हक, अधिकार पाउदछ अर्थात जुन समुदायको ठूलो पहुच छ उसैको आवाज राज्यस्तरमा बढी पुग्ने गर्दछ । त्यसैले जनगणना जस्तो महत्वोपुर्ण बिषयलाई प्रभावकारी बनाउनको लागि हामी रहेक ब्यक्तिले आफ्नो घर, टोल, छिमेक, नगर, जिल्ला, प्रदेश हुँदै देशका हरेक कुना कुनामा सचेत, जागरुक र जिम्मेवार युवा सक्रिय रुपमा सबैलाई सचेत गराउन आफै लागि पर्नु पर्दछ । सबैले सहज रुपमा बुझ्न र बुझाउनको लागि यो महत्वपूर्ण जानकारीलाई प्रत्यक ब्यक्तिहरुको इनबक्समा पठाउनुहोला र म्यासेज तथा कल गरेर समेत आफ्नो गाउँ समुदायलाई सचेत र जानकार बनाउनु होला । यति जानकारी पाएर पनि यो भएन, त्यो भएन, यस्तो गर, उस्तो गर भन्दै अरुलाई मात्र दोष दिने र आफुले जिम्मेवारी लिएर सकृय रुपमा नलाग्ने हो भने हामी अल्पसंख्यक समुदायमा पर्ने छौ र राज्य स्तर बाट पाउने आफ्नो हक, अधिकार गुम्ने छ र हामी एक दिन सरनार्थी बन्ने छौ र देशबाट नै लखेटिन पनि सक्छौ ! त्यसैले यो खतराबाट जोगिदै आफू, आफ्नो सन्तान, आफ्नो गाउँ, आफ्नो आफन्त, इष्टमित्र र आफ्नो समुदायको हक, हित र अधिकारको सुनिश्चित गर्नको लागि आजै बाट १२ औं राष्ट्रिय जनगणनालाई प्रभावकारी बनाउनको लागि प्रत्यक युवाहरु सशक्त रुपमा लागि परौ र १२ राष्ट्रिय जनगणनालाई सत्य तथ्य विवरण भर्दै, भराउदै प्रभावकारी रुपमा सफल पारौ ।

१२ औं जनगणनामा हामीले अनिबार्य रुपमा लेख्नै पर्ने कुराहरू तल उल्लेख गरिएको छ ।

#जाति:- #राई लेखौ
#धर्म:- #किरात लेखौ
#मातृभाषा:- किरात राई भाषाहरु मध्य आफुले बोलिने भाषा लेखौ जस्तै चाम्लिङ, बान्तावा, थुलुङ, कुलुङ ....जुन राई हो त्यही भाषा लेखौ ।
#दोश्रो भाषा:- ३२ भाषा मध्य कुनै एउटा भाषा जस्तैः चाम्लिङ, बान्तावा, थुलुङ, कुलुङ ......लगायत ३२ भाषा मध्य कुनै एउटा भाषा लेखौ

जस्तैः मेरो विवरण यस प्रकार छ -
जाती:- राई
धर्म:- किराँत
भातृभाषा:- चाम्लिङ (किन कि म चाम्लिङ राई हो)
दोश्रो भाषा:- बान्तावा (यदि तपाईको भाषा भन्दा अलग भाषा बोल्ने तपाईको माउली हो भने त्यो भाषा लेख्न सक्नु हुने छ)

-भोगिन्द्र चाम्लिङ राई
दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका-७
खोटाङ

reporting by- Sworgiya Suman

Friday, 3 July 2020

रियो चाम्स को "खोली तिरैमा" म्युजिक भिडियो सहित सार्बजनिक-।

       
  • नेपाली गीत संगीतको आकाशमा सुपर हिट गीत"कसम खाउ प्रिय"बाट नेपाली गीत संगीतको यात्रा सुरुवात गर्नु भएका चर्चित गीतकार तथा गायक"रियो चाम्स"ले ब्याक टु ब्याक मौलिक पुर्बेली गीत"खोली तिरैमा सार्बजनिक गर्नु भएको छ।  
  • यो गीत बिसुद्ध माया प्रेमलाई समेटेर लेखिएको छ।साथै यस  गीतमा चर्चित संगीतकार DR ATU ले संगीत गर्नु भएको छ,भने यो गीत को आवाजमा सुमधुर स्वर को धनी गायिका SUNITA THEGIM र गीतकार स्वयमले आवाज दिनु भएको छ।
  • साथै यस गीतमा चर्चित कलाकार[Model]कन्टोल राई र बिमला खजुम ले अभिनय गर्नु भएको छ-।

      
                 https://youtu.be/mWFWlpLktv0
                      
                            -Reporting by
                                              -Sworgiya Suman 


Tuesday, 21 April 2020

Virgin Nepali Ode-titles#from eyes,you would not be dropped!


Ode
..............................................................
From  eyes  ,you  would  not   be   dropped!
Leaving me alone,you couldn't be crossed!!

Caring  as  the  heart  ,protecting  in  my soul 
I would accompany to you,lonly wouldn't be travelled!

Treading over the relation ,to touch the sky
Unexpectedly ,you would not be migrated!!

Inflaming in rememberance forever,stayed dear 
Escaping from the life,you would not be died!!

.......................Ode song................................
Song titles:From eyes,[MERO AAKHA BATA TIMI] 
-Lyrics:Sworgiya Suman
-Compose:Bikram Rai
-Vocal:Raj Sigdel
-Cast:Control Rai#Anusha Rai#Khemraj Rai
Post production:Mero online tv

Saturday, 11 April 2020

कवि#Nik Son Rai#को एक पल्ट सारे तीन करोड नेपालीले पड्नै छुट्टाउनु नहुने जमिन हल्लाउने कविता।

......................................................................
म मोटाउ बहादुर हिस्सा उसको पेट ठुलो हुनुमा छ
......................................................................
मेरो नाम मोटाउ बहादुर हो।
म प्रत्येक निर्वाचनमा मतदान गर्छु।।
म धेरै कुरा बुझ्दिन तर म छिटो बुझ्छु।
उसको बिकाश र समृद्धि को भाषण हैन।
उस्ले खुकाएको चोक्टा र झोल म बुझ्छु।।
मलाई बिकाश र परिबर्तन चाहिन्दैन।
चोक्टा र झोलमा नुन मसला लागे पुग्छ।।
अधिकार बराबर हैन।
मलाई खुवाएको भोज बराबर भए पुग्छ।।
त्यसैले त कसै कसैले भन्छ्न।
मुर्दार झोल चोक्टा बहादुर ।।

उसले मलाई बलियो देख्दारहेछ्न।
अनि म उसलाई भगवान।।
त्यसैले मेरो गोजिमा भिटामिन हल्दिन्छन। 
न दुब्लायोस भनेर ।।
अनि म उसको पाउमा लमपसार परेर जैजैकार गर्छु।।
बफादार लडाकु भएर खट्छु।
मनमनै भन्छु मेरो पाखुरा छदैछ।।
माथी उ छ भनेर आकाश हेर्छु।
हे भगवान म कस्तो अचम्मको बोल्छु।।
त्यसकारण म अचम्म बहादुर पनि हो।।

बाले दिएको अर्ति भन्दा उसले दिएको अर्ति मान्छु।
कहिले काहि आफैलाई अचम्म लाग्छ।
र त आफैलाई प्रश्न सोध्छु।
नागरिकता कसले दियो?
किन म उसको पछि परिरहेको छु?
यस्तै यावत प्रश्नहरु दौड्छन मेरो मस्तिष्कमा।
अनि म आफै मनमनै उत्तर दिन्छु।।
नागरिकता बाउको बंसजले हैन उसको सनाखतले दियो।
म उसको राम्रो काम देखेर हैन।।
दुचार गोटि भिटामिन र चोक्टा र झोलको लोभले पछि परिरहेको छु।।
म सोझो जनताको हितको लागि हैन।।
उसको भुँडी र सन्तानहरुको लागि लडिरहेको छु।।
यति थाहा पाउदा पाउदै पनि म पगल झै पछि परिरहेको छु।
त्यति भएर म समाजलाई सोध्छु।
म पागल बहादुर हो।।

सबै कुराको बिस्लेष्ण गर्न थाले र सम्झे।
र म कहिले मोटाउ बहादुर भएछु।।
कहिले अचम्म बहादुर भएछु।
त कहिले समय अनुसार पागल बहादुर भएछु।।
अब म को बहादुर हु?
आफैलाई चिन्न जरुरी छ।
बा को पुरानो बाकास खोलेर कालो कागज पत्रहरु हेरे।।
तर म त्यहा आफैलाई पाईन।
अझै माथिकै बहादुर हुकि।।
आफैलाई प्रश्न गरे।।।।

सुन्दैछु म उ मोटाएर ठुलो भुँडी बनाएको छन रे।
झोल चोक्टा खुवाउन खोस्टा कमाएको छन रे।।
म भन्दैछु केही गरेन।
भस्टचार मात्र गर्यो।
आफैलाई मात्र हेर्यो उ सुध्रिएन।
तर के मैले झोल चोक्टा नखाई मतदान गरेर त उसलाई।
भिटामिन न पाई पछ्याए त उसलाई।।
पक्कै मैले यस्तो गरिन।
र त उ चलाख भएको छ।।
अर्को चुनावको लागि कुम्लाएको छ।
मलाई बास्तविकतामा न चाए उ नाटककार भएको छ।।
स्कुल पढ्दा हिसाबमा कमजोर मान्छे ।
उ कोण कोण बाट मोटाएको छ।।
गज्बको पेट बनाएको छ।।।।

आजा उसको पेट देखेर सिक्षित भएको छु।
र त म हिम्मतको साथ यति भन्ने सक्ने भएको छु।।
सिदान्त मात्र हैन उसले सबै खाए।
उसले खुवाएको झोल चोक्टा खाई उसले खाने ठाउँमा पुर्याए।।
म खोक्रो मोटाए तर उ भरिलो गरि मोटायो।
त्यसकारण म भन्दै छु ।।
म मोटाउ बहादुर हिस्सा उसको पेट ठूलो हुनुमा छ।।

.................कवि परिचय....................................
नाम:निक्सन राई
ठेगाना:खोटेहाङ् गा.पा-9-लिच्किराम्चे माबे(खोटाङ)
हाल:काठमाडौ 
पेशा:शिक्षण(बुढानिलकण्ठ मा.बि-नारायणस्थान काठमाडौ 
शिक्षा:MED(English)
रुची:साहित्य लेखन साथै अध्ययन
.....................................................................
यदि तपाईहरु संग पनि साहित्य सिर्जना छ भने-
rais75502@gmail.com-मा send 
गर्नु होला एउटा फोटो सहित हामी क्रमश-www.temkeonlinetv.bogspot.com-मा राखी दिनेछौौ.....जय साहित्य....

Friday, 10 April 2020

युवा पुस्ताकि होनहार लेखिका#सन्चिता राई# को चर्चित मुत्तकहरु...

No:1.
यतिका बसन्त संगै पार  गरेर!
भबिस्यको योजना तयार गरेर!!
              किन अगाडी बड्न सकेनौ हामी!
              साना-साना गल्तिहरु सुधार गरेर!!
NO:2. 
भाको छु बाँच्नु कि मर्नु छुट्टिने निर्णयमा!
स्वभाविक हो पिर पर्नु छुट्टिने  निर्णयमा!!
           एउटै छानोमुनी बसेर नि खुशी भइन्न भने!
           गुनासो पनि  खै  के गर्नु छुट्टिने निर्णयमा!!
No:3.
हरेक समयमा उ आफ्नोपन दिएर!
सकेसम्म लोभ्याउने बोलिबचन दिएर!!
          खै कसरी पो सकेको होला बाँच्न पनि!
           एउटालाई शरीर अर्कोलाई मन दिएर!!
No4.
छोरा होस या  छोरी  धरोहर  हो  भन्दै  हिड्छ!
गर्नु हुन्न विभेद कसैले बराबर हो भन्दै  हिड्छ!!
          जस्ले छोरी भनी गर्बमै फालीदिएको हो उसैले!
          छोरी पाउनु सुनौलो अवसर  हो  भन्दै  हिड्छ!!
............................समाप्त.................................
-सन्चिता राई
खोटेहाङ् गा.पा-6-खोटाङ 
......................................................................
यदि तपाईहरु संग पनि साहित्य सिर्जना छ भने हामीलाई-rais75502@gmail.com-मा पठाउनु होला हामी अवस्य क्रमश राख्दै जानेछौ
#www.temkeonlinetv.blogspot.com#मा.......

Tuesday, 7 April 2020

कवि तथा गीतकार#Bhuwan ChamlingRai#को प्रदेशीहरुको मन छुने#GAZAl#गजल।

                               गजल 
                                       -भुवन चाम्लिङ राई
   .................................................................
       गाउँ    घरको   झ    झल्को   जोडिन्छ  यहाँ!
       कति  पाईला  हिड्दा  हिड्दै  छोडिन्छ यहाँ!!

       धेरै   यात्रा    गर्दै   आई  पुगेको   छु   लड्दै!
       प्रदेशी   जिन्दगी   भाविले   कोरिन्छ   यहाँ!!

       मिठो  माया  बोकि  आँखामा  आँसु  पोखि!
       जाने   प्रदेशी  को    यात्रा   मोडिन्छ   यहाँ!!

       साथी भाईको सम्झना बाबा आमाको माया!
       मुटुको ढुक ढुकि भैई सधै धड्किन्छ  यहाँ!!

       गाउँ   घरको  झ    झल्को   जोडिन्छ  यहाँ!
       कति  पाईला हिड्दा  हिड्दै  छोडिन्छ यहाँ!!

..................दिप्रुङ् गा.पा-2 खोटाङ 
                  हाल:दक्षिण कोरिया    

Friday, 3 April 2020

जति पढे पनि झन पटक-पटक पढ्नु मन लाग्ने-Sarita Khalihg Rai-को भर्जिन नेपाली गजल......

                        गजल
                               -सरिता खालिङ्ग राई
............................................................
          एैनाहरुको हुन सम्म मानहानी भएको  छ!
          अचेल उ मेरो आँखा को नानी भएको  छ!!

          जून  दिन   देखि  हाम्रो  मन  साटिए  थ्यो!
          जति  सम्झाउँछु  उति आज्ञानी भएको  छ!!

          आगो  बाट  जोगिन सिकाउने  उहि नै  हो!
          जो   जलेर   स्वयम   खरानी   भएको  छ!!

          आफैलाई  बेचेर  खै  के  पायौ  मैले  सोधे!
          लजाउँदै  उस्ले  भन्यो आम्दानी भएको  छ!!
                              
                                  -सुनसरी प्रकासपुर
                           -हाल:काठमाडौं(कोटेश्वर)
       यदि तपाईहरु संग पनि साहित्य सृजना छ भने-             rais75502@gmail.comमा पठाउँनु होला-              www.temkeonlinetv.blogspot.com
        मा राखी दिने छु।अनि रचना को साथमा एउटा                photo पनि पठाउनु होला..साथै you tubeमा  गएर
   Temke online tv मा अझ धेरै सिर्जनाहरु हेर्नू                सक्नु  हुन्छ र subscribe गरेर हामी संग                    जोडिनु सक्न्नु हुन्छ!

Wednesday, 1 April 2020

भर्जिन नेपाली गजल.....written by - सुमन दाहाल


                         गजल
                            -सुमन दाहाल.........................

        तिम्रो   आँशु    मेरो   आँशु   एउटै   हैन    र!
        समयले    जहाँ    पुराएनी   मायाँ   छैन    र!!

        तिम्रो खुशीनै मेरो खुशी भनी सोच्थे जिन्दगी
        हाँस्दा   संगै   हास्थे   भने   रुदा   रोईन    र!!

        जिन्दगीमा धेरै कुरा गर्न भनी हिडेको यात्री
        गन्तव्य  सम्म   साथ  दिन  कहिले  गईन  र!!

        हातमा हात दिएकै  थिए साथमा साथ पनि
        संगै  ज्युने   संगै   मर्ने   कसम   खाईन   र!!
   
                खोटाङ
               दिप्रुङ् चुइचुम्मा गा.पा-5
        हाल:काठमाडौं काडाँघारी

Tuesday, 31 March 2020

भर्जिन नेपाली गजल written by-sworgiya suman

   

                     गजल
                             -स्वर्गीय सुमन
...........................................................
   थुप्रै  प्रश्नहरू छोडी गयो यो  जिन्दगानीले   पनि!
   बिहानलाई  साँझ  देख्छ आँखाको नानीले  पनि!!

   तिमीलाई  बिर्सन दिनमै भट्टी  के  छिरेको  थिए!
   झन मुटु दुखाई दियो हिजोको  काहानीले  पनि!!

   फुल जस्तै  जिन्दगी  बिर्सिएर  नशामा  रमाउँदा!
   किन  सम्झायो मलाई   एउटा  आज्ञानीले  पनि!!

   यसरी कसैको सम्झनामा किन रोएको पल-पल!
   प्रश्न सोधिरहन्छ आँशुले भिजेको सिरानीले पनि!!

   हरेक रातको अन्त्य पछि प्रभात उदाउँनु पर्ने हो!
   सायद छ्ल गरि  दियो उज्यालो  बिहानीले पनि!!