Friday, 10 April 2020

युवा पुस्ताकि होनहार लेखिका#सन्चिता राई# को चर्चित मुत्तकहरु...

No:1.
यतिका बसन्त संगै पार  गरेर!
भबिस्यको योजना तयार गरेर!!
              किन अगाडी बड्न सकेनौ हामी!
              साना-साना गल्तिहरु सुधार गरेर!!
NO:2. 
भाको छु बाँच्नु कि मर्नु छुट्टिने निर्णयमा!
स्वभाविक हो पिर पर्नु छुट्टिने  निर्णयमा!!
           एउटै छानोमुनी बसेर नि खुशी भइन्न भने!
           गुनासो पनि  खै  के गर्नु छुट्टिने निर्णयमा!!
No:3.
हरेक समयमा उ आफ्नोपन दिएर!
सकेसम्म लोभ्याउने बोलिबचन दिएर!!
          खै कसरी पो सकेको होला बाँच्न पनि!
           एउटालाई शरीर अर्कोलाई मन दिएर!!
No4.
छोरा होस या  छोरी  धरोहर  हो  भन्दै  हिड्छ!
गर्नु हुन्न विभेद कसैले बराबर हो भन्दै  हिड्छ!!
          जस्ले छोरी भनी गर्बमै फालीदिएको हो उसैले!
          छोरी पाउनु सुनौलो अवसर  हो  भन्दै  हिड्छ!!
............................समाप्त.................................
-सन्चिता राई
खोटेहाङ् गा.पा-6-खोटाङ 
......................................................................
यदि तपाईहरु संग पनि साहित्य सिर्जना छ भने हामीलाई-rais75502@gmail.com-मा पठाउनु होला हामी अवस्य क्रमश राख्दै जानेछौ
#www.temkeonlinetv.blogspot.com#मा.......

3 comments: